अमेरिका पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एक युवक पक्राउ



काठमाडौं ।

वैदेशिक रोजगारका लागि अमेरिका पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले म्याग्दी घर ललितपुर बस्ने ३१ वर्षीय दीपक श्रीसलाई पक्राउ गरेको हो ।

श्रीसलाई मंगलबार ललितपुरको सातदोबाटोबाट पक्राउ गरी बुधबार सार्वजनिक गरिएको प्रहरीले जनाएको छ । बेरोजगार युवा युवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारेर अमेरिका पठाइदिन्छु भन्दै १८ लाख रुपैयाँ ठगी गरेको पीडितहरुको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका श्रीसलाई वैदेशिक रोजगार विभाग ताहचाल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्