ठमेलबाट ४ करोड भन्दाबढीकाे कोकिन बरामद, २ जना विदेशी पक्राउ

30.83k
Shares

काठमाडौं।

एक किलो २४७ ग्राम लागु औषध कोकिनसहित २ जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तान्जानियन नागरिक बर्ष ४६ का रामधानी सिम्बा मवाबुम्बा र बर्ष ५२ का तवालिब किपेवु पशुआ रहेका छन् ।उनीहरुलाई राजधानीको ठमेलस्थित एक होटेलबाट कोकिनका ७२ क्याप्सुलसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए  ।

प्रहरी उपरीक्षक कार्कीका अनुसार प्लाष्‍टिक कोटेड कोकिनका क्याप्सुलहरु उनीहरुले Ethopia को Addis Ababa पुगी निलेर काठमाडौँ आएको अनुसन्धानमा खुलेकाे बताए ।उनीहरुबाट बरामद गरिएको लागु औषध कोकिनको अवैध बजार मूल्य अन्दाजी रु. ४ करोड ३७ लाख रहेको जनाएको छ ।