प्रहरीले ईन्धन र मर्मतको नाममा पालिकासँग लिएको सहयोग अनुचित



रौतहट  ।

पालिकाले अन्य निकायको खर्च ब्यहोर्दा आफनो बिकास निर्माण प्रभाबित हुने महालेखा परिक्षकको कार्यालयले औल्याएको छ ।

जिल्लाका बिभिन्न पालिका बाट सम्बन्धित प्रहरी कार्यालय, चौकी, शसस्त्र प्रहरीले ईन्धन, मर्मत, ईन्टरनेट जडानको नाममा सहयोग लिदा पालिकाको बिकास निर्माण प्रभाबित हुने औल्याएको हो ।

प्रहरी कार्यालयले बर्षेनी पालिका संग गाडी मर्मत, भबन निर्माण तथा मर्मतको नाममा पालिका संग सहयोग लिदै आएको छ । गत आर्थीक बर्ष रौतहटको चन्द्रपुर, गुजरा, गडिमाई, ईशनाथ, देबाही गोनाही, गरुडा नगरपालिका बाट त्यहाका प्रहरी कार्यालय, प्रहरी चौकी र शसस्त्र प्रहरीले सहयोगको नाममा गाडी मर्मत, भबन मर्मत, एशि जडान, ईन्टरनेट जडान, इन्धन लिएको पाइएको छ । प्रहरी र शसस्त्र प्रहरीको एक आर्थिक बर्षको निर्धारित बजेट अपुग भएमा माग गर्दा निकासा हुने गरेपनि बजेट अपुग देखाउदै पालिका संग सहयोग लिने गरेको स्रोतले बतायो ।

चन्द्रपुर नगरपालिका संग ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले एक लाख ७ हजार ३ सय ५० को एक थान एशी, ५० लिटर डिजेल सहयोग लिएको खुलेको छ । यस्तै वडानम्बर ७ प्रहरी चौकी निर्माण तथा मोटरसाईकल मर्मतका लागि पालिकाको ९३ हजार ८ सय २५ रुपैया खर्च भएको देखिन्छ ।

शसस्त्र प्रहरी बेश क्याम्पस सन्तपुरले ३० लिटर डिजेल लिएको खुलेको छ । गुजरा नगरपालिका संग प्रहरी चौकी सिमरा भबानीले खाजा र सबारी साधनमा १४ हजार ७ सय २५, शसस्त्र प्रहरी बेश क्याम्पस सन्तपुरको सबारी साधन मर्मतको लागि ५० हजार २ सय २८, प्रहरी चौकी हरिनगरको लागि १४ हजारको इन्टरनेट जडान, प्रहरी चौकी सिमरा भबानीपुर लाई ७ हजार ५ सयको ईन्टरनेट जडान, शसस्त्र प्रहरी बेश क्याम्पस सन्तपुरको सबारी साधन मर्मतको लागि अर्को १८ हजार ५ सय ३६, शसस्त्र प्रहरी बेश क्याम्पस दुधियाभारको सबारी साधन मर्मतको लागि ३८ हजार १ सय ४८, शसस्त्र प्रहरी बल जङ्गलसैयाको १२ भोल्टको ब्यार्टी र चार्जरको लागि ३९ हजार २ सय ३, रङ्गपुर प्रहरी चौकी ईन्टरनेट जडानको लागि ७ हजार ५ सय खर्च गरेको देखिन्छ ।

त्यस्तै गडिमाई नगरपालिकाले ईलाका प्रहरी कार्यालय समनपुर र शसस्त्र प्रहरी बेश क्याम्प समनपुरको गाडी मर्मतको लागि २ लाख २ हजार २२ रुपैया खर्चेको छ । देबाही गोनाही नगरपालिकाले ईलाका प्रहरी कार्यालय देबाहीको गाडी मर्मतको लागि ७७ हजार ८ सय २३ खर्चेको छ । गरुडा नगरपालिकाले शसस्त्र प्रहरी बेश क्याम्प दुधियाभार मर्मतको लागि शसस्त्र प्रहरी निरीक्षक प्रमे सिह बिष्ट लाई ४८ हजार ४ सय ८८ रुपैया र ईलाका प्रहरी कार्यालय गरुडा भबन निर्माणमा ९ लाख ६८ हजार १३ रुपैया खर्चेको छ ।

यस्तै ईशनाथ नगरपालिका बाट बोर्डर आउट पोष्ट औरया लाई दुई पटक गरेर १ लाख ४१ ह्जार १० रुपैया र ईलाका प्रहरी कार्यालय राजपुरको लागि १ लाख ९ हजार ७ सय ९९ खर्चेको महालेखा परिक्षकको प्रतिबेदनले औल्याउदै आर्थीक कार्यबिधि तथा बितिय उतरदायित्व नियमाबली ०७७को नीयम ३९मा कार्यालय प्रमुखले सरकारी रकम खर्च गर्दा स्वीकृत बजेट तथा कार्यक्रमको सिमा भित्र रही खर्च गर्नु पर्ने ब्यबस्था छ ।

अन्य निकायको खर्च गर्दा पालिकाको आफनो बिकास निर्माण सम्बन्धित बजेट ब्यबस्थापनमा चाप पर्ने र कार्यालयले प्रदान गर्ने सेबा प्रबाहमा असर पर्ने हुदा यस्तो खर्चमा नियन्त्रण गर्नु पर्ने सुझाब दिएको छ ।

प्रतिक्रिया दिनुहोस्