सयभन्दा बढी प्रहरी अधिकृत एकै पटक अवकाशमा जाँदै 



काठमाडौं ।

आगामी भदौ १६ गते भित्र नेपाल प्रहरीको उच्च तहका सय भन्दा धेरै अधिकृतले अनिवार्य अवकाश पाउने भएका छन् ।

केही अधिकृतले यही असार र अधिंकासले १६ भदौमा एकै पटक अवकाश पाउने भएका हुन् ।  एआइजी उमेशराज जोशीले आज बुधबार मध्यरातबाट पाउने भएका छन । मंगलबार प्रहरी प्रधान कार्यालयमा उनलाई बिदाइ गरिएको थियो ।
उनको स्थानमा डिआइजी पोषराज पोखरेलको बढुवा सिफारिस भइसकेको छ ।

पोखरेलले पनि शुक्रबार अवकाश पाउने छन् । अहिलेको राजनीतिका तरलताका कारण भोलि बिहीबार मन्त्रिपरिषद्को बैठक बसेन भने उनले डिआइजीबाटै अवकाश पाउने छन् । भदौ २० मा एआइजी श्यामराज ज्ञवालीले अवकाश पाउने छन् । यसरी अवकाश पाउन लागेकाहरू धेरैको उमेर ५५ भन्दा कम छ । ३० वर्षे सेवा हदका कारण ठुलो संख्यामा प्रहरीले अवकाश पाउन लागेका हुन् ।

जस कारण सो टोली ३० वर्षे सेवा हद हटाउने लबिङमा लागेको छ । गृह मन्त्रालयले पनि यस विषयमा अध्ययन गर्न एक कार्यदल बनाएको थियो । तर कार्यदलले तयार पारेको रिपोर्ट मन्त्रीलाई अझै बुझाएको छैन ।

अब नयाँ सरकार बन्ने भएपछि ३० वर्षे सेवा हदको विषयमा के हुन्छ यसो नै भन्न सकिने अवस्था छैन । अवका प्रधानमन्त्री भनिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रूपमै सेवा हद हटाउनुपर्ने बताउँदै आएका छन् ।
भदौ १६ मा क–कसले अवकाश पाउँदै छन् ?
डिआइजी:
विष्णुकुमार केसी
एसएसपीहरुः
जीवन कुमार श्रेष्ठ, किसनसिंह थापा, डिल्लीराज विष्ट, बेलबहादुर पाण्डे, दिनेशराज मैनाली, नविनराज राई, रविकुमार पौडेल, वीर बहादुर ओली, चन्द्रदेव राई, रवीन्द्र रेग्मी ।
एसपीहरुः
कृष्ण प्रसाईँ, प्रेमबहादुर बस्नेत, राजेन्द्रबाबु रेग्मी, लक्ष्मीराज अधिकारी, देवेन्द्रबहादुर पाल, विष्णुहरी कोइराला, अवदेश बिष्ट क्षेत्री, नरेन्द्रकुमार कार्की, टेकनन्द ईवा लिम्बु, चित्रबहादुर गुरुङ, नवीन किशोर प्रधान ।
डिएसपीहरुः
श्रीराम भण्डारी, रामकृष्ण सापकोटा, गणेशबहादुर श्रेष्ठ, भरतबहादुर चौधरी, ऐनबहादुर मल्ल, किरणप्रसाद न्यौपाने, होमबहादुर थापा, मनोजकुमार श्रेष्ठ, जनकबहादुर मल्ल, राजनकुमार गौतम, महेश बस्नेत, भरतकुमार शाह, खगेन्द्रप्रसाद रिजाल, भोजराज पाण्डेय, लालबहादुर बम, नारायणबहादुर श्रेष्ठ, राकेशकुमार पोदार, गोविन्द पन्थी, दलराम टमाटा, मदनबहादुर कुँवर, देवबहादुर कुँवर, हिक्मतबहादुर बोहरा, अनिलकुमार उप्रेती, शैलेन्द्रकुमार खड्का, उद्धवप्रसाद अधिकारी, रामबहादुर चन्द, सुजितकुमार ओझा, फणिन्द्र रानाभाट, विजय थापा, जमुनाकुमारी बस्नेत ।
इन्स्पेक्टरहरुः
योगराज न्यौपाने, शान्तराम कार्की, हिराबहादुर केसी, खेमराज कडायत, सरोजकुमार ठकुराठी, जयराम वन्त, भुवन भट्ट, कृष्ण रानामगर, ओमप्रकाश वाग्ले, बिजुलीनाथ योगी, गिन्द्रबहादुर बोगटी, खिमबहादुर घर्तीमगर, अर्जुनप्रसाद पोखरेल, उदयमान द्विवेदी, काशीराज रेग्मी, हरिविष्णु ढकाल, रविभूषण प्रसाद यादब, राजेन्द्रप्रसाद यादब, उदयसिह सिजापती, मोहन थापा, कलेन्द्र बिक्रम शाही, मानप्रसाद श्रेष्ठ, किसन चन्द ठकुरी, अवधकिशोर ओझा, विजय भण्डारी, भीमबहादुर कार्की, प्रेमबहादुर बोहरा, नरपति भट्ट, जगत दमाई, मेघनाथ चापागाई, निलमबहादुर भण्डारी, तीर्थबहादुर भण्डारी, जगदिश पौडेल, गोपाल चालिसे, कमल आचार्य ।

प्रतिक्रिया दिनुहोस्