रोकेको गाडीमा अज्ञात व्यक्तिको ब्रिफकेस, बिचबजार क्षेत्र सिल



धादिङ ।

धादिङबेसीबिच बजार चोक नजिक पार्किङ गरी राखेको गाडीमा अज्ञात व्यक्तिले ब्रिफकेस राखेपछि बजार तनाव भएको छ ।
त्रिपुरा पुस्तक पसलका सञ्चालक नारायण कुमार श्रेष्ठको पार्क गरेर राखेको बा १६ च ९१७२ नम्बरको गाडीमा एक ३०/३५ वर्षका अज्ञात व्यक्तिले सुटकेश राखेर हिँडेका थिए ।

‘रातो गाडीको लक खुल्ला रहेछ, ती व्यक्तिले सुटकेश राखेर हिँडेको देखिन्छ’, जिल्ला प्रहरी कार्यालय, धादिङका एसपी गौतम केसीले भने, ‘शंकास्पद लागेपछि हामीलाई खबर आएको थियो ।’

शंकास्पद झोला गाडिमा राखेर हिडेका व्यक्ति धादिङबेसी क्षेत्रमा देखियका थिएनन् । शंका लागेकोले सुटकेस राखिएको ठाउँमा सिल गरिएको छ । पसलहरु बन्द गरिएको छ । नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल आएर डिस्पोज गर्ने केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्