रास्वपा बैठकमा महामन्त्री ढकालको प्रतिवेदन पेश (पूर्णपाठसहित)



काठमाडाैं ।

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा महामन्त्री मुकुल ढकालले तयार गरेको प्रतिवेदन सह-महामन्त्री कबिन्द्र बुर्लाकोटाीले पेश गरेका छन् । सहप्रवक्ता मनिष झाले महामन्त्रीले मुखमा टेप लगाएपछि सहमहामन्त्री बुर्लाकोटीले पेस गरेको बताए ।

झाले भने- ‘आजको केन्द्रीय समितिको बैठकमा महामन्त्रीज्यूले प्रतिवेदन लाईभ गरेर प्रस्तुत गर्ने सर्त राख्नुभएको थियो । सभापतिज्यूले त्यसमा सहमति जनाउनुभयो तर शतप्रतिशत केन्द्रीय सदस्यबाट अस्वीकार भयो । त्यसको विरोध स्वरूप उहाँले मुखमा माक्स लगाएर त्यसमाथि कालो टेप लगाएर बस्नुभयो । त्यसपश्चात् महामन्त्रीको प्रतिवेदन उनकै उपस्थितता सहमहामन्त्री कविन्द्र बुर्लाकोटीज्यूले वाचन गर्नुभयो’ ।

गत वैशाख १५ गते भएको इलाम २ को उपनिर्वाचनमा पार्टीको शर्मानक हारपछि सभापति लामिछानेले नै समीक्षा यात्राका लागि भन्दै मुकुललाई देशदौडाहमा पठाएका थिए ।

देशका ३३ जिल्ला घुमेर मुकुलले तयार पारेको प्रतिवेदन पार्टी सभापतिलाई बुझाएका छ्न । तर, त्यो प्रतिवेदन सार्वजनिक भएको छैन् ।

प्रतिक्रिया दिनुहोस्