प्रतिनिधि सभाको सचिवमा नियुक्त अधिकारीले लिए शपथ



काठमाडौं ।

प्रतिनिधिसभाकाे सचिवमा नियुक्त सुरेश अधिकारीले पद तथा गोपनियताको शपथ लिएका छन् । बुधबार सभामुख देवराज घिमिरेले अधिकारीलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।

सभामुख देवराज घिमिरेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार अधिकारीलाई सचिवमा नियुक्त गरेका थिए ।

संखुवासभा खाँदबारी नगरपालिका(२ निवासी अधिकारी शिक्षा मन्त्रालयको सचिवबाट अवकाश भएका थिए । प्रतिनिधिसभा सचिव पद्मप्रसाद पाण्डेय संघीय संसदको महासचिव नियुक्त भएपछि २०८० साल माघ २३ देखि सचिव पद रिक्त थियो ।

प्रतिक्रिया दिनुहोस्