बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?



काठमाडौं ।

आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। बुधबार सुनको मुल्य तोलामा ४ सयले बढेर तोलाको १ लाख ४२ हजार ४ सयमा कारोबार भएको छ। यस अघि मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ३ सयमा कारोबार भएको थियो।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४२ हजारमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। चाँदी आज प्रतितोला २० रुपैयाँले बढेर १८२५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्