कोलम्बिया र ब्राजिल कोपा अमेरिकाको क्वाटरफाइनलमा



काठमाडौं ।

कोलम्बिया र ब्राजिल कोपा अमेरिकाको क्वाटरफाइनलमा पुगेका छन्। बुधबार बिहान सम्पन्न समूह चरणको अन्तिम खेलमा कोलम्बिया र ब्राजिल १-१ गोलको बराबरीमा रोकिएसँगै समूह डी बाट दुवै क्वाटरफाइनलमा पुगेका हुन्।

यस खेलमा ब्राजिलले खेलको १२औँ मिनेटमा राफिन्हाको गोलमा सुरुवाती अग्रता लिए पनि खेलको ४५औ मिनेटपछिको इन्जुरी समयमा कोलम्बियाका डानियल मुन्जोको गोलमा कोलम्बियाले बराबरी गरेको थियो । त्यसपछि खेलमा कुनै गोल भएन र खेल बराबरीमा सकिएको थियो।

यो बराबरीपछि समूह डी मा कोलम्बिया २ जित र एक बराबरीसहित ७ अङ्क हासिल गर्दै शीर्ष स्थानमा रहेर क्वाटरफाइनलमा पुगेको छ। त्यस्तै ब्राजिलको ३ खेलमा एक जित र २ बराबरीसहित ५ अङ्क रहेको छ र दोस्रो हुदै क्वाटरफाइनलमा पुगेको छ।

समूह डी मा रहेका कोस्टा रिका र पराग्वे भने समूह चरणबाटै बाहिरिएका छन् । अब क्वाटरफाइनलमा ब्राजिलले उरुग्वेको सामना गर्ने छ भने कोलम्बियाले पानामाको सामना गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्