दूतावासको वेबसाइट ह्याक गर्ने ७ जना पक्राउ



काठमाडौं ।

नेपालस्थित दक्षिण कोरियाको दूतावासको वेबसाइट ह्याक गरेर सेवाग्राहीसँग अवैध रूपमा रकम असुलमा संलग्न रहेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रविभवनस्थित दूतावासले भिसाका लागि वेबसाइटमा हप्तामा दुई दिनमात्रै खोल्ने भएपछि बिचौलियाहरूले वेबसाइट नै ह्याक गरेर सेवाग्राहीबाट भिसाको डेट लिइदिएबापत प्रतिव्यक्ति ३० हजार देखि ४० हजारसम्म लिने गरेको पाइएपछि छापा मारेर ७ जना बिचौलियालाई पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका एक अधिकृतले नेपाल समाचारपत्रलाई जानकारी दिए ।

दक्षिण कोरियाली दूतावासका अधिकारीहरू सीआईबीमा नै पुगेर दूतावासको बदनाम हुने गरी बिचौलिया हाबी भएकाले कारबाही गर्न लिखित अनुरोध गरेपछि हामीले छापा मारेर ती बिचौलियालाई पक्राउ गरेको स्रोतले जानकारी दियो ।

वैदेशिक राजगारका लागि आकर्षक गन्तव्य मुलुक रूपमा रहेको कोरिया जानका लागि भिसाको आवेदनका लागि समय नै नपाउने गुनासो सेवाग्राहीले गरेपछि दूतावासले अनुसन्धान गर्दा बिचौलियाले वेबसाइट नै ह्याक गरेको पत्ता लागेपछि प्रहरीमा उजुरी गरेको थियो । प्रहरीले उनीहरूविरुद्ध साइबर अपराध र ठगी मुद्दामा कारबाही अघि बढाइएको पनि सीआईबीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्