धार्मिक सभामा भागदौड मच्चिँदा एक सय १६ जनाको मृत्यु



एजेन्सी ।

भारतको उत्तर प्रदेशमा एउटा धार्मिक सभामा भएको भागदौडमा परेर मृत्यु हुनेको सङ्ख्या ११६ पुगेको छ। हाथरसको जनपदमा सिंकद्राराऊको नजिक मुगलगढी गाउँमा मंगलबार स्थानीय गुरु भोले बाबाको कार्यक्रममा भागदौड मच्चिँदा उक्त घटना भएको उत्तर प्रदेश प्रहरीले जनाएको छ।

सो घटनाको छानबिनका लागि समिति गठन गरिएको छ। मारिनेहरुमा महिला र बालबालिका पनि छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हाथरस घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई दुई लाख र घाइतेहरूलाई ५० हजार रुपैयाँ राहत दिने बताएका छन्‌ ।

प्रतिक्रिया दिनुहोस्