एकै परिवारका पाँच जना झुण्डिएको अवस्थामा फेला

23.31k
Shares

एजेन्सी ।

भारतमा एकै परिवारका पाँच जना झुण्डिएको अवस्थामा फेला परेका छन् । मध्य प्रदेशमा श्रीमान्, श्रीमती र तीन छोराछोरीसहित एकै परिवारका पाँच जना घरभित्र झुण्डिएको अवस्थामा फेला परेको स्थानीय प्रहरीले मंगलबार जनाएको छ।

यो घटना राज्यको अलिराजपुर जिल्लाको एक गाउँबाट रिपोर्ट गरिएको थियो। उक्त दुःखद घटनाले स्थानीय बासिन्दाहरूमा शोकमा डुबेका छन्। राज्यको प्रहरी विभागका एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार घटनाको अनुसन्धान गर्न विशेष अनुसन्धान टोली (एसआइटी) गठन गरिएको छ। मृतकको शव परीक्षणका लागि पठाइएको छ ।