पाउनु पर्ने रकम नपाउँदा उपचार नगरी मृत्यु



उदयपुर ।

उदयपुरको जलजले स्थित उदयपुर सिमेन्ट उद्योगबाट सेवा अवधि पुरा गरी अनिवार्य अवकास पाएका एक जनाले पाउनु पर्ने सेवा सुविधा नपाउँदा आफ्नो उपचार समेत गर्न नपाई संसारबाट विदा भएका छन् ।

उदयपुर सिमेन्ट उद्योगमा २०४९ सालदेखि जागिर खाएर २०७९ सालमा ३० वर्षे सेवा अवधि पुरा गर्ी अनिवार्य अवकास पाएका चौधरी सप्तरीको सुरुङ्गा नगरपालिका निवासी हुन । उनी बिरामी भएर अस्पताल भर्ना त भए तर आर्थिक अभावका कारण पूर्ण रुपले उपचार नपाएर नै ज्यान गुमाउनु परेको छ ।

सिमेन्ट उद्योगले बिरामी भएको अवस्थामा अवकासपछि १५ दिनभित्र नियमानुसार पाउनु पर्ने सेवा सुविधा दिनु पर्नेमा उपलब्ध नगराउँदा अशोकले पूर्ण रुपले उपचार गर्न आर्थिक अभाव भएका कारण नै ज्यान गुमाउनु परेको उद्योगको वरिष्ठ अधिकृत पदबाट एक वर्ष अघि अवकास प्राप्त सेवा निवृत अधिकृत कुवेरकान्त काफ्लेले बताउनु भयो ।

काफ्ले स्वयम् पनि मुटुको बिरामी रहेको र नियमित रुपले काठमाण्डौ स्थित गंगालाल अस्पतालमा चेकजाँच तथा उपचार गराउनु पर्ने हुन्छ तर आर्थिक अभावले उपचार गर्न कठिन भैरहेको बताउनु हुन्छ । मुटु रोग जस्तो ठूलो रोगबाट बाच्नकालागि उपचार विधि र औषधी पनि महंगो रहेको हुँदा आफूले उद्योगमा सेवा गरे वापतको नियमानुसार पाउनु पर्ने सेवा सुविधाकालागि आन्दोलन गर्नु परेको काफ्ले बताउनु हुन्छ ।

अवकास प्राप्त वरिष्ठ अधिकृत काफ्लेका अनुसार अवकास पाएर उपचार गराइरहेकामा आफू लगायत रामेश्वर कानु पक्षघातबाट पीडित छन भने सगिर अहमद, मुटुको उपचार गराई रहेका छन । अर्का नेत्र आचार्य मृगौलाका बिरामी भएकोले काठमाण्डौमा डायलासिस गराएर बसेका छन् । आर्थिक अभावमा समयमा उपचार गर्न नपाउँदा चौधरीले झैँ आफूहरुले पनि ज्या गुमाउनु पर्ने अवस्थामा उद्योगले पु¥याउन खोजेको काफ्लेको भनाई रहेकोछ ।

उद्योगबाट ने अवकास प्राप्त अर्का अधिकृत राम बहादुर जि.सी का अनुसार अवकास प्राप्त उद्योगका कर्मचारीहरु मध्ये करिब ७० प्रतिशतले नियमित औषधी सेवन गनुृ पर्ने अवस्था रहेको भए पनि उद्योग व्यवस्थापन पक्षले नियमानुसार पाउनु पर्ने सेवा सुविधा उपलब्ध गराउन नसकेको बताउनु भयो ।

सोमबार मात्र उद्योगबाट अवकास प्राप्त गरी सेवा सुविधा पाउनबाट बञ्चित भएका ६५ जनाले उद्योगको मुलगेटमा धर्ना दिएर तत्काल निमित्त महाप्रबन्धकको जम्मेवारीमा रहेका कोविद काफ्लेलाई एक महिनाभित्र सेवा सुविधा उपलब्ध गराउनु पर्ने माग सहित ज्ञावन पत्र समेत बुझाएको जि.सीले बताउनु भयो ।

ज्ञापनपत्र बुझ्दै निमित्त महाप्रबन्धक काफ्लेले माग जायज भएकोले माथिलो निकायसम्म लैजाने र यहाँबाट गर्न सक्ने काम विवरण संकलन गरेर माथि पठाउने र हामी पनि भोलि अवकास हुन्छौ अघिपछि मात्र हो त्यसैले मागलाई समर्थन गर्दै माग पुरा गराउनेतिर आवश्यक प्रक्रिया अघि बढाउने बताएको अवकास प्राप्त वरिष्ठ अधिकृत कुवेरकान्त काफ्लेले बताए ।

अहिले उद्योगमा अध्यक्ष र महाप्रबन्धक दुबै पद रिकत रहेको छ भने केही दिन अघिमात्र उद्योग वाणिज्य मन्त्रालयले अध्यक्ष र महाप्रबन्धक पदको विज्ञापन प्रकाशन गरेको छ ।

राजनीतिक कोपभाजन र नेताहरुको कमाई खाने, निर्वाचन खर्च संकलन गर्ने ठाउँको रुपमा परिचित उदयपुर सिमेन्ट उद्योगको अवस्था अहिले दिन प्रतिदिन खस्कदै गएको छ भने उत्पादन पनि नभएको अवस्था छ । भण्डारमा रहेको समेन्ट पनि अन्य सिमेन्टको तुलनामा महंगो भएकोल बिक्री नहुँदा मुल्य घटाएर पनि बिक्री भएको थियो ।

वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल र तत्कालिन अर्थमन्त्री प्रकाशशरण महत तत्कालिन उद्योगमन्त्री लगायतका मन्त्रीहरु आएर उद्योगको अवस्था बुझेर सहयोग उपलब्ध गराउने बचन दिएर गउको भए पनि हालसम्म सहयोग प्राप्त नहुँदा उद्योग बन्द हुने अवस्थामा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्