राजनीतिक स्थायित्वको लागि संविधान संशोधन गर्ने गरी कांग्रेस–एमालेको सरकार



काठमाडौं ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा राष्ट्रिय सरकार बन्न लागेको बताउनुभएको छ ।

मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत पोखरेलले सोही अनुसारको कानन समेत निर्माण गर्ने गरी केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन नेकपा एमाले र नेपाली कांग्रेसका बिचमा समझदारी भएको जानकारी दिनुभएको छ ।

पोखरेलले संविधान संशोधनको प्रक्रियामा सहमत दलहरूलाई राष्ट्रिय सरकारमा समावेश गरिने उल्लेख गर्नुभएको छ । ‘राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदनुरूपका कानुन समेत निर्माण गर्ने गरी केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन नेकपा एमाले र नेपाली कांग्रेसका बिचमा समझदारी, यस प्रक्रियामा सहमत दलहरूलाई राष्ट्रिय सरकारमा समावेश गरिने’, उहाँले लेख्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्