भीषण बर्षाले प्रदेश राजधानी नै डुबानमा 



वीरगञ्ज। 

 सोमवार रातिदेखि परिरहेको भीषण वर्षाले मधेश प्रदेशको राजधानी समेत रहेको जनकपुरधाम उपमहानगरपालिका जलमग्न बनेको छ । पानीको उचित निकास नभएपछि जताततै वर्षाको पानी जमेको छ । कैयौँ घर र पसल डुबानमा परेका छन् ।

प्रदेश प्रहरी कार्यालय सहितका केही सरकारी कार्यालय समेत डुबानमा परेका छन् । प्रादेशिक अस्पतालमा पनि बिहान पानी जमेको थियो । ऐतिहासिक बारहविघा मैदान विशाल पोखरीमा परिणत भएको छ । सोमवार रातिको वर्षाले  जनकपुरधामको जनजीवन अस्तव्यस्त बनाएको छ ।

 जनकपुरधाम सामान्य वर्षा हुँदा पनि डुबानमा पर्छ, यसको मुख्य कारण हो– पानीको निकास नहुनु । सडक निर्माण गर्दा नाला (ढल)प्राय स्थानमा बनेको छ । तर ढलको पानी कहाँ निकाल्नेतर्फ ध्यान नदिएपछि डुबानमा पर्ने समस्या छ । कैयौँ घर, पसल र कार्यालय डुबानमा परे पनि पानीको निकास गराउन उपमहानगरपालिकाले ध्यान नदिएको स्थानीयको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्