बीमा रकम पाउने आसमा आफ्नै पसल चाेरी गराउनेसहित ५ जना पक्राउ



काठमाडौं ।

विनोद सुनचाँदी पसल चारी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका बडा ७ का वर्षीय बिनोद सुनार, साेही पालिकाका २५ वर्षीय विजय विश्वकर्मा, चितवन,कालिका नगरपालिका वडा- ६ बस्ने ४२  वर्षीया अन्जना पडासैनी केसी, बारा गढी न.गरपालिका  वडा -४ बस्ने१८ बर्षीय पवन कुमार  पासवान र तनहुँ म्याग्दी गाउँपालिका वडा- ४ बस्ने ५० वर्षीय पूर्ण बहादुर विश्वकर्मा रहेका छन्  ।

 उनीहरुले असार ३ गते  राती ९ बजेर २० मिनेटकाे समयमा  चितवन, कालिका नगरपालिका वडा -६ खोलेसिमल स्थित तेज प्रसाद खनालको घरको पहिलो तल्लामा बिनोद सुनारले सञ्चालन गर्दै आएको बिनोद सुनचाँदी पसलमा चारी गरेकाे  प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए  ।

असार ३ गते  दुई जना पुरुष व्यक्ति नम्बर नखुलेको सेती, कालो रङ्को सुपर स्प्लेण्डर मोटरसाईकल चढी आई उक्त सुनचाँदी पसलमा बसिरहेका पसल व्यवस्थापक विजय विश्वकर्मा र बापिधर गौतमलाई धारिलो हतियार खुकुरी र चक्कु घाँटीमा राखी डरत्रास धाकधम्की देखाई पसल भित्र राखिएको दुई करोड सत्र लाख चौवन्न हजार चार सय पन्ध्र रुपैयाँ बराबरको सुनचाँदी र हिराको विभिन्न डिजाईनका गरगहनाहरू चोरी गरेकाे प्रहरी उपरीक्षक बाेगटीले जनकारी दिए  ।

उक्त घटनामा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिईगएको टोली र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले अनुसन्धान गर्दा बिनोद सुन चाँदी पसलका संचालक बिनोद सुनार स्वयमले योजना बनाई बीमा रकम ठगी गर्ने मनसायले चोरी तथा डाँका गर्न लगाएको प्रहरी उपरीक्षक बाेगटीले बताए  । उक्त कार्यमा संलग्न ५ जनालाई पक्राउ गरी मुलुकी अपराध संहिता, २०७४ परिच्छेद-२०, चोरी तथा डाँका सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेकाे छ  ।

प्रतिक्रिया दिनुहोस्