पर्यटक आकर्षणको केन्द्र बन्दै रसुवाको भाङ्गे झरना 

616
Shares

 रसुवा। 

 प्राकृतिक सुन्दरताले भरिपूर्ण  भाङ्गे झरना  पछिल्लो समय आन्तरिक तथा वाह्य पर्यटकको आर्कषणकाे केन्द्र बन्दै गएको छ।

जिल्लाको उतरगया गाउँपालिका वडा नम्बर २ डाँडा गाउँमा अवस्थित उक्त झरना अत्यन्तै मनमोहक तथा  साैन्दयले भरिपूर्ण स्थल भएकाले झरना हेर्न  पर्यटकहरुको आगमन बढेको  वडा नं  २ का वडा अध्यक्ष टुकु सुवेदिले बताए।

उनका अनुसार  अहिले झरना निस्केको छ । हरेक वर्ष बर्खाको समयमा मात्रै देखापर्ने उक्त झरनामा रमाउन देश विदेशबाट हजारौँ मानिसहरूकाे घुइँचो  लाग्दछ ।

यही  झरनाको कारण  यस क्षेत्रकाे महत्त्व बढ्दै गएको र हरेक वर्ष यहाँ आउने पर्यटकहरूकाे सङ्ख्या पनि बढेको छ । प्राकृतिक साैन्दर्यकाे स्वरूपमा रहेको झरना, यस ठाउँकाे स्थानीय मौलिक कला सांस्कृतिक र स्थानीय जनजीवनले पर्यटकलाई आर्कर्षित बनाउँछ । यस वर्ष पनि याे झरनाले पर्यटकीय गन्तव्य स्थलमा स्थापित गर्ने वडा अध्यक्ष सुवेदी बताउँछन् ।

यस ठाउँमा  मानिसहरू विशेष गरी  टिकटक बनाउन भिडियो बनाउन फोटो खिच्न कोही  पारिवारिक  सदस्यसहित रमाउन आउँछन् । यस ठाउँमा सुविधा सम्पन्न खाने  बस्ने होटलको  पनि  व्यवस्था  रहेको  छ।