बाग्मती पुलमुनि पुरुषको शव भेटियो



काठमाडौं।

काठमाडौं महानगरपालिका-११ थापाथलीस्थित बाग्मती पुलमुनि पुरुषको फेला परेको छ। अन्दाजी ३५ वर्षीय पुरूषको शव सोमबार फेला परेको प्रहरीले जनाएको छ । हालसम्म शवको पहिचान खुलेको छैन।

शव बाग्मती खोलाले बगाएर ल्याएको थियो। पुलमुनि आएर अड्किएपछि प्रहरीले निकालेको हो।

प्रतिक्रिया दिनुहोस्