बेल्जियमलाई हराउँदै फ्रान्स युरो कपको क्वाटरफाइनलमा

546
Shares

काठमाडौं ।

फ्रान्स जारी युरो कपको क्वाटरफाइनलमा पुगेको छ। राउन्ड १६ अन्तर्गतको खेलमा फ्रान्स बेल्जियमलाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो।

फ्रान्सको जितमा खेलको ८५औं मिनेटमा राण्डल कोलो मुआनीले प्रहार गरेको बल बेल्जियमका जान भेर्टोन्गहेनलाई लागेर गोल भएको थियो।

अब फ्रान्सले क्वाटरफाइनलमा पोर्चुगलसँग खेल्ने छ।  हारसँगै बेल्जियमको युरो कप यात्रा भने टुङ्गिएको छ।