लायन्स डिस्ट्रिक्ट ३२५ आई नेपालका डिस्ट्रिक्ट गभर्नर  ढुंगानाद्वारा  पदभार ग्रहण



कास्की ।

लायन्स डिस्ट्रिक्ट ३२५ आई नेपालका डिस्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाले पद भार ग्रहणसँगै कार्यकाल सुरु गरेका छन् । ढुंगानासँगै प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डे द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नर सूर्यकुमार केसीले पनि पदभार ग्रहण गरेका हुन् ।

लायन्सको विश्वव्यापी प्रचलन अनुरूप जुलाई १ लाई नयाँ कार्यकालको सुरुवातको दिन मानिन्छ । नयाँ डिस्ट्रिक्ट गभर्नरको पदभार ग्रहण गर्ने व्यवस्था अनुरूप आगामी १ वर्ष जुन ३० सम्मका लागि गभर्नरका रूपमा ढुंगानाले पदभार ग्रहण गरेका हुन् ।

सोमवार काठमाडौँमा  सम्पन्न पद ग्रहण समारोहमा लायन्सका अन्तर्राष्ट्रिय डाईरेक्टर बालकृष्ण बुर्लाकोटी, निवर्तमान डिस्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी, पूर्व मल्टीपल काउन्सिल चेयरपर्सन मनबहादुर रोका साथै पोखरामा आयोजित पदग्रहण कार्यक्रममा पूर्व डिस्ट्रिक्ट गभर्नर राम बहादुर बसेल सहित दुवै ठाउँमा डिस्ट्रिक्टका सिनियर लायन्स लिडरहरूको उपस्थिति रहेको थियो ।

पद ग्रहण पश्चात गभर्नर ढुंगानाले लायनहरुको नयाँ वर्ष आजबाट शुरु भएको छ, हामीले हाम्रो डिष्ट्रिक्टलाई हाम्रा अग्रजहरूले तयार पारेको आधार स्तम्भमा टेकेर डिष्ट्रिक्टलाई थप उचाईमा पुर्याउने प्रणका साथ कार्यकाल शुरु गरेका छौं, यो उत्सव मात्र नभई महाउत्सव हो, गभर्नरको मात्र नभई सबै लायन्सको वर्ष हो सबैको साथ सहयोगको अपेक्षा गर्दछु, उनले भने ।ढुंगानाले आफ्नो कार्यकालको थिम मानवता पहिलो प्राथमिकता (Humanity Frist) को नारा अन्तर्गत रहेर वर्ष सफल बनाउन सबैलाई आग्रह गरे ।

लायन वर्ष २०२४/२५ मा वर्षभरी मानवतामा आधारित भएर विभिन्न कार्यक्रम गर्ने बताउँदै डिस्ट्रिक्ट गभर्नर ढुंगानाले मानवता हाम्रो प्राथमिकतामा आधारित भएर कार्य गरिने बताए । मानविय सेवाका कार्य अन्तर्गत घरदेखि घाटसम्म (मान्छेको अन्तिम संस्कार)सम्मका कार्य जोडिने रहेका छन् । त्यस्तै, अपाङ्गता हाम्रो आत्मीयता, हंगर रिलिफ, क्लोथ बैक, डिस्ट्रिक्ट मोबाइल एप साथै लायन्स मार्फत युवालाई जोड्ने कार्य मुख्य कार्यक्रम लायन्स पाठशालालाई प्राथमिकतामा राखिएको ढुंगानाले जनाए । संसारकै उत्कृष्ट डिस्ट्रिक्ट बनाउने गरी कार्यसम्पादन गर्ने तयारीमा डिस्ट्रिक्ट रहेको पनि उनले बताए ।

कार्यकाल सुरु भएको पहिलो दिनमा नै डिस्ट्रिक्ट अन्तर्गतका विभिन्न क्लबहरुले सामाजिक कार्यक्रमहरु सञ्चालन गरेका छन् । क्लबले मानवीय सेवाका कार्यसँगै वर्ष भरी सामाजिक कार्यक्रमसहित नेतृत्व विकास र पारिवारिक कार्यक्रममा पनि गतिविधि सञ्चालन गर्ने छन् । कार्यकाल सुरु भएको दिन डिस्ट्रिक्टका प्रायः क्लबले वृक्षारोपण, विभिन्न आश्रमहरुमा खाद्यान्न सहयोग, डिस्ट्रिक्टको मेगा प्रोजेक्ट फुड बैकमा रकम संकलन भईरहेको डिस्ट्रिक्ट क्याविनेट सेक्रेटरी अमृत प्रसाद तिवारीले बताए ।

त्यस्तै कार्यकाल सुरु गरेको दोस्रो दिन जुलाई २ तारीख़मा पोखरा स्थित ४ वटा क्लस्टर चिफको आयोजनामा चिप्लेढुंगा, पृथ्वीचोक र अमरसिं चोकमा ब्लड डोनेसन गर्ने डिष्ट्रिक्टले जनाएको छ । एकै दिनमा बढ़ी भन्दा बढी युनिट ब्लड कलेक्सन गर्ने लक्ष्य रहेको डिस्ट्रिक्ट एक्जुकेटिभ (ब्लड डोनेशन) युवराज खनालले जानकारी दिए ।

डिस्ट्रिक्टका सेक्रेटरियट एडमिनट्रेटर हरिराज पन्तका अनुसार डिस्ट्रिक्ट गभर्नरले ल्याएका योजनाहरु सतप्रतिशत सम्पन्न गर्न सम्पूर्ण क्लबहरुले सक्रियतापूर्वक साथ दिने विश्वास व्यक्त गरे । ‘गभर्नरका योजना सफल बनाउनु हामी सबै लायन्स लिडरहरुको दायित्व र जिम्मेवारी हो,’ उनले भने ।
डिष्ट्रिक्टमा हाल १९३ क्लब रहेका छन् ४१ वटा नयाँ क्लब लायन्स अन्तर्राष्ट्रियमा दर्तासँगै २३४ क्लब पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्