नर्सिङ  नाम दर्ता परीक्षाको नतिजा सार्वजनिक, पीसीएल नर्सिङ तर्फ दुई तिहाइ बढी फेल 



काठमाडौँ। 

नेपाल नर्सिङ परिषद्को गत शनिवार लिएको ३६ औ नाम दर्ता परीक्षामा मिश्रित नतिजा आएको छ । परीक्षामा पीसीएल नर्सिङ तर्फ दुई तिहाइ बढी नर्सहरु फेल भएका छन् । तर बीएस्सी नर्सिङ तर्फ भने पास हुने प्रतिशत ठूलो छ ।

परिषद्का रजिष्ट्रार शुक्ला खनालका अनुसार प्रविणता प्रमाणपत्र तह (पीसीएल) नर्सिङ नाम दर्ता (लाइसेन्स) परीक्षामा ३२ प्रतिशत मात्रै पास भएका हुन् । उनले पीसीएल नर्सिङ तर्फ १ हजार ६२० जना सहभागी भएकोमा ५१८ जना (३२ प्रतिशत) मात्रै पास भएको बताइन ।

स्टाफ नर्स बन्ने पढाई पीसीएल नर्सिङ उत्तीर्ण गरी लाइसेन्स परीक्षामा सहभागी हुँदा आएको नतिजा निराशा जनक आउँदा उनीहरुलाई पढाउने नर्सिङ कलेजहरुको गुणस्तरमा समेत प्रश्न उठेको छ ।

परिषदले सोही दिन लिएको बीएस्सी नर्सिङतर्फको नतिजा भने उत्कृष्ट छ । सो परीक्षामा कुल १ हजार १५७ जना सहभागी हुँदा ९८३ जना पास भएका छन् ।
यसले माथिल्लो तहको पढाईको गुणस्तरमा तल्लो तहको भन्दा राम्रो भएको अनुमान गरिएको छ ।
परिषद्ले यसपटक मिडवाइफ र विशेषज्ञ नर्सको परीक्षा मंगलबार (१८ असार)का लागि तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्