यस्ता छन् सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु



काठमाडौँ।

सरकारले सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना २०८१/०८२, ०८५/०८६ स्वीकृत गरेको छ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो।

मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले जापान सरकारबाट मानव संशाधन विकासका लागि छात्रवृत्ति आयोजनाका लागि प्राप्त हुने जापानी येन ४५४ मिलियन करिब ३८ करोड २२ लाख बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिइन्।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु:

१. प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको प्रस्तावमा सम्पत्ति सुद्धीकरण तथा आतङ्ककारी वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना २०८१/८२– २०८५/८६ स्वीकृत गर्ने ।

२. अर्थ मन्त्रालयको प्रस्तावमा जापान सरकारबाट मानव संशाधन विकासका लागि छात्रावृत्ति आयोजनाका लागि प्राप्त हुने जापानी येन ४५४ मिलियन करिव (३८ करोड २२ लाख ) बराबर अनुदान स्वीकार गर्ने ।

३. अर्थ मन्त्रालयको प्रस्तावमा धितोपत्र सम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने ।
४. अर्थ मन्त्रालयको प्रस्तावमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृित दिने ।
५. उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयको प्रस्तावमा रानीजमरा कुुलरिया सिचाई आयोजनाका लागि कैलाली जिल्ला लम्कीचुहा नगरपालिका स्थित १०७ हेक्टर क्षेत्रफल जग्गा प्राप्ति गर्न स्वीकृति दिने ।

६. कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रस्तावमा नेपाल कानून व्यवसायी परिषद ऐन २०५० लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति प्रदान गर्ने ।

७. वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा तमोर करिडोर, लिपिङ खोला जलविद्युत आयोजना, बुर्तिवाङ–पौडी–अमराई–तमघास–गोरुसिंगे १३२ के.भी.प्रसारण लाइन, जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड र सुपर घलेम्दी जलविद्युत आयोजनालाई राष्ट्रिय वनको जग्गा प्रयोग गर्न स्वीकृति दिने ।

प्रतिक्रिया दिनुहोस्