रामबहादुर बम्जनलाई १० वर्ष कैदको फैसला



काठमाडौँ।

अदालतले रामबहादुर बम्जनलाई १० वर्ष कैदको फैसला सुनाएको छ।

जिल्ला अदालत सर्लाहीले बाल यौन दुराचारको कसुरमा सोमबार यस्तो फैसला सुनाएको हो।

न्यायाधीश जीवन कुमार भण्डारीकाे इजलासले पीडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने समेत फैसला गरेकाे अदालतका स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए ।

यस अघि गत असार १० गते भण्डारीकै इजलासले तपस्वी बम्जनलाई कसुरदार ठहर गरेकाे थियाे । आजकाे इजलासले पूर्ण फैसला गरेकाे हाे ।

सर्लाही जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले गत पुस २६ गते पुर्पक्षका लागि कारागार चलानकाे आदेश दिएपछि बम्जन हाल महाेत्तरी कारागार जलेश्वरमा छन् ।

सर्लाही जिल्ला अदालतले २०७७ साल असार २१ गते जारी गरेको पक्राउ पुर्जीका आधारमा बम्जनलाई काठमाडाैंकाे बुढानिलकण्ठबाट गत पुस २४ गते सीआईबीको टोलीले पक्राउ गरेको थियो । २०७६ माघ २३ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा बम्जन विरुद्ध जाहेरी परेको थियो ।

प्रतिक्रिया दिनुहोस्