सरकारमा जानको लागि मात्र नयाँ समीकरण बनाउँदैनौँ- डा. महत



काठमाडौँ । 

नेपाली कांग्रेसले सरकारमा जानको लागि नयाँ समीकरण नबनाउने बताएको छ।

कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महतले विभिन्न दलहरुसँग राष्ट्रिय मुद्दाका विषयमा छलफल भइरहेको भएपनि सरकारमा जानको लागि मात्र नयाँ समीकरण नबनाउने जानकारी दिएका छन् ।

उनले नयाँ समीकरण बन्ने विषय परिपक्क नभएको बताउदै अहिले यस विषयमा छलफल नभएको बताएका छन् । उनले दीर्घकालीन रुपमा सरकार चल्ने, अस्थीरताको अन्त्य हुने, देशलाई समृद्धितर्फ उन्मुख हुने परिस्थितिमा मात्र कांग्रेसले नयाँ समीकरण बनाउन बिचार गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्