ओलीले आफ्ना सबै मन्त्रीहरूलाई बोलाए बालकोट, तत्काल उपत्यका नछाड्न निर्देशन

17.95k
Shares

काठमाडौँ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूको बैठक बोलाएका छन्। नेपाली कांग्रेससँग नयाँ सत्ता समीकरणको चर्चा चलिरहेका बेला ओलीले आफ्ना पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई साँझ ६ बजे आफ्नो निवास बालकोट बोलाएका हुन् ।

एमालेबाट उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात रघुवीर महासेठसहित ८ जना मन्त्री छन्। साथै, उनले तत्काल उपत्यका नछाड्न मन्त्रीहरुलाई निर्देशन समेत दिएका छन् ।

ओलीको उक्त निर्देशनसँगै केही मन्त्रीले भोलि (मंगलबार) का लागि तय भएको राजधानी बाहिरका कार्यक्रम पनि रोकेको जानकारी सचिवालयलाई गराइसकेका छन्।

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र ओलीबीच बालकोटमा लामो भेटवार्ता भएको थियो।

अध्यक्ष ओलीले आज बिहान ३ घण्टा बढी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भेटवार्ता गरेका थिए।