बालिका बलात्कार कसुरमा बालकलाई १२ वर्ष कैद सजाय 



धादिङ । 

१४ वर्षीया बालिकालाई बलात्कार कसुरमा १७ वर्षीय बालकलाई जिल्ला अदालतले साेमबार १२ वर्ष कैद गर्ने फैसला गरेको छ ।
जिल्ला न्यायधिस गोपाल प्रसाद बास्तोलाको इजलासले असार ९ गते कसुर कायम गरी असार  १७ गते सजाय निर्धारण गरेको जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले जानकारी दिए ।

कसुरदारलाई १२ वर्ष कैद गरी ४ लाख ६६ हजार ६ सय ६७ रुपैयाँ जरिवाना गर्ने र साेही रकम पीडितलाई क्षतिपुर्ति दिने फैसलामा उल्लेख छ ।
कसुरदारले  ०८० चैत  १ गते नाबालिकालाई  नीलकण्ठ नगरपालिका –८ मा बलात्कार गरेका थिए ।

कसुरदारलाई जिल्ला प्रहरी कार्यालयले ०८० चैत ७ गते गिरफ्तार गरेको थियाे । पीडित पक्षले ०८० चैत ७ गते आरोपितलाई कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी दिइएको थियो । पीडितको  धादिङ अस्पतालमा चैत ७ गते स्वास्थ्य परीक्षण भएकाे थियो ।

जिल्ला अदालतमा ०८० चैत २८ गते दर्ता भएकाे मुद्दाका कसुरदार बालक जिल्ला अदालतकाे आदेशले बालसुधार गृह भक्तपुरमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्