सामाजिक सञ्जालमा गलत सूचना फैल्याउनेलाई कारबाही हुन्छ : तारा एयर

5.45k
Shares

काठमाडौँ।

तारा एयरले सामाजिक सञ्जालमा गलत सूचना फैल्याउनेलाई  कानुनी कारबाही अघि बढाउने बताएको छ। सोमबार  सामाजिक सञ्जालमा  जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भनेर तस्बिरसहित भाइरल भएको थियो।

ताराले यो अफवाहपछि सोमबार एक विज्ञप्ति निकालेर कानुनी कारबाहीमा जाने बताएको छ । ‘यस्तो अफवाह समाचार सम्प्रेषण गर्ने तथा बदनियतपूर्वक सामाजिक सञ्जालमा राख्नेविरुद्ध कानुनी कारबाही अघि बढाउने समेत सूचित गरिन्छ’, जारी बिज्ञप्तिमा उल्लेख छ।