गौतमबुद्ध विमानस्थलको समस्या बुझ्न सार्वजनिक लेखा समितिको टोली भैरहवामा 

समितिले सञ्चालन गर्ने उपाय देला त ?



बुटवल। 

भैरहवामा निर्माण भएको तर सञ्चालन  हुन नसकेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था बुझ्न प्रतिनिधिसभा सार्वजनिक लेखा समिति भैरहवामा आएको छ । विमानस्थल सञ्चालनमा देखिएका समस्याका बारे अध्ययन , अनुसंन्धान गर्न पूर्वपर्यटन मन्त्री तथा सांसद योगेश भट्टराईको नेतृत्वमा गठन गरेको उपसमिति भैरहवामा आएको छ ।

समितिले विमानस्थल अवलोकन गर्नुका साथै सरोकारवालासँग छलफल समेत गर्ने भएको छ । रुपन्देही–२ बाट निर्वाचित  प्रतिनिधि सभाका सांसद विष्णुप्रसाद पौडेल, क्षेत्र नम्बर १ का सांसद छविलाल विश्वकर्मा, ४ का सांसद सर्वेन्द्रनाथ शुक्ला, ५ का वासुदेव घिमिरे, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लीला गिरीलगायतको सहभागिता रहेको छ् ।

समितिले असार १६ गतेदेखि १८ गतेसम्मको कार्यतालिका बनाएर आइतबार राती भैरहवामा आएको हो ।
सोमबार विमानस्थलको ऐतिहासिक पृष्ठभूमि, निर्माणमा गरिएको जम्मा लगानी, वैदेशिक ऋण, अनुदान, स्वदेशी, निर्माणको आवश्यकता र औचित्य, निर्माणमा रहेका त्रुटिहरु, विमास्थलको क्षमता र विस्तार, उद्देश्य बमोजिमको प्रतिफलको सुनिश्चितता, भारतसँगको सीमानाका कारण विमानस्थल प्रयोगको चुनौती, अन्य समस्या तथा चुनौती, विमानस्थल निर्माणको उद्देश्यअनुरुपको उपयोगको सुनिश्चितता सहितको भावी कार्ययोजना लगायतका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ । विमानस्थल सञ्चालनमा आएको दुई वर्ष पूरा भइसक्दा पनि उडान संख्या भने वृद्धि नहुँदा स्थानीय तथा व्यवसायी निराश छन् ।

प्रतिक्रिया दिनुहोस्