नक्कली सुनको मूर्ति देखाएर ३० लाख ठगी, एक भारतीयसहित ५ जना पक्राउ



काठमाडौँ।

नक्कली सुनको मूर्ति देखाएर ३० लाख रुपैयाँ ठगी गरेको आरोपमा ५ जना पक्राउ परेका छन्। काठमाडौं जिल्ला प्रहरीको टोलीले एक भारतीय नागरिकसहित५ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको उडिसाका ४० वर्षीय कलाकार दास, म्ग्यादीका ६४ वर्षीय क्षेत्र बहादुर शाही,धदिङका ३८ वर्षीय दिपक थापा, दाङका ३५ वर्षीय वसन्त चौधरी र चौमति घर भएका ५५ वर्षीय रविन महर्जन रहेका छन्।

उनीहरुले आफूसँग सुनको मूर्ति छ भन्दै प्रलोभन देखाएर ३० लाख रुपैयाँमा विक्री गरेका थिए। तर नक्कली भएको पाइएपछि पीडितले प्रहरीलाई सम्पर्क गरेका थिए।

प्रहरीले पक्राउ परेकाको साथबाट १४ लाख नगद बरामद गरेको छ। अहिले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्