रोटरी क्लब भैसेपाटीको अध्यक्षमा थापा



ललितपुर। 

 रोटरी क्बल भैसेपाटीको अध्यक्षमा सिंहराज थापा चयन भएका छन् । शनिवार सम्पन्न १६ औँ चार्टर डे एवं पद हस्तान्तरण कार्यक्रममा  थापाको नेतृत्वमा सन् २०२४–२०२५ का लागि  नयाँ कार्यसमिति चयन भएको हो ।

 कार्यसमितिको निवर्तमान अध्यक्षमा पीताम्बर खनाल, उपाध्यक्षमा सरद रञ्जित, सचिवमा सन्देश भट्टराई, कोषाध्यक्षमा पुष्पा वेल्वासे चयन भएका छन् ।

कार्यसमितिको एड्मिन चेयरमा लालबहादुर चन्द, सर्भिस चियर मा विकास न्यौपाने, टिआरएफ चियरमा मदन मलेकु, पब्लिक इमेजमा पीताम्बर खनाल र मेम्बरसिप चियरमा मदन महत र सजेन्ट एट आम्र्समा डा. अतुल उपाध्याय चयन भएका छन् ।

रोटरी क्लब अफका एसिष्टेन्ट गभर्नर गुप्तबहादुर रानाको प्रमुख आतिथ्यमा सम्पन्न पद हस्तान्तरण कार्यक्रममा नवनिर्वाचित पदाधिकारीलाई प्रमुख अतिथि रानाले पद तथा गोपनीयताको शपथ गराएका थिए। कार्यक्रममा नव निर्वाचित पदाधिकारीलाई पिन रोटरीको पिन हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रानाले रोटरीको उद्देश्य अनुसार अघि बढ्न सबैलाई आग्रह गरे । उनले नवनिर्वाचित पदाधिकारीलाई शुभकामना दिएका थिए।

 कार्यक्रममा निवर्तमान अध्यक्ष पीताम्बर खनालले कार्यसमिति र रोटरियनको सहयोगले आफ्नो कार्यकाल सफल भएको बताए । उनले भने–सिहराज थापाज्युको एकवर्षे कार्यकालमा थप नयाँ योजना सहित अघि बढ्न सक्ने विश्वास व्यक्त गरे ।

नवनिर्वाचित अध्यक्ष थापाले सबैको साथ र सहयोगबाट क्लब अघि बढ्ने बताए । उनले आफ्नो कार्यकालयमा रोटरी क्लब भैसेपाटीलाई थप उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा रोटरीयन एवं सन् २०२४–२०२५का एडमिन प्रमुख लालबहादुर चन्दले रोटरीको लक्ष्य एवं उद्देश्यको बारेमा जानकारी दिएका थिए । आगामी कार्यकालमा थप योजना अघि बढाउने बताए । उनले  भने –अब हामी क्यालेण्डर सहित कार्ययोजना बनाएर काम गर्नेछौ । कार्यक्रमा पुर्व अध्यक्ष लालबहादुर चन्द, निरु खड्का, शिवगोपाल थापा, निरु खड्काले रोटरी क्लबले गरेका कार्यक्रमको बारेमा जानकारी दिदै नयाँ कार्यसमितिलाई शुभकामना दिएका थिए।


कार्यक्रममा चार्टड मेम्बर इन्द्रभक्त मानन्धर, शिवगोपाल थापा, विकास न्यौपाने, मिलन थापा, मदन मलेकु र निरञ्जन रञ्जित लाई सम्मान गरिएको थियो ।  पदहस्तान्तरण कार्यक्रममा नव आगन्तुक सदस्य सुदीप अधिकारी, सावित्री पोखरेल र दीपा भट्टराईलाई स्वागत गर्दै रोटरी पिन हस्तान्तरण गरिएको  थियो ।

प्रतिक्रिया दिनुहोस्