विभिन्न डमी कम्पनीमार्फत ३० अर्ब बढीको सुन तस्करी : सीआईबी



काठमाडौँ।

नेपालमा विभिन्न डमी कम्पनीहरूमार्फत ३० अर्ब रुपियाँ भन्दा बढीको अवैध सुन चोरी पैठारी भएको तथ्य खुलेको छ । नेपाल विद्युतीय प्राविधिक समाज र त्रिभुवन विश्वविद्यालय, भौतिकशास्त्र केन्द्रीय विभाग, कीर्तिपुर, काठमाडौँ समेतका प्रतिनिधि रहेको विज्ञ टोलीको प्रतिवेदनबाट यो तथ्य खुलेको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सोमबार प्रत्रकार सम्मेलन गर्दै विज्ञ टोलीको प्रतिवेदनबाट यो तथ्य खुलेको जानकारी गराएको छ।

प्रतिवेदन अनुसार अवैध सुन चोरी पैठारीमा संलग्न व्यक्तिहरूले स्थापना गरेका ७ वटा विभिन्न डमी कम्पनीहरू मध्ये ५ वटा डमी कम्पनीबाट विभिन्न इलेकट्रोनिक मालवस्तु तथा ब्रेक सुमा गरी कुल ३ हजार १९४.६६८ के.जी अवैध सुन चोरी पैठारी गरेको देखिएको छ । यसको मूल्य करिब ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २७२ रुपियाँ हुने ब्युरोको भनाई छ।

अवैध सुन चोरी पैठारीमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी दायरामा ल्याउने सीआइबीले जनाएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्