महासंघविरुद्धको धर्ना कार्यक्रम बुटवलमा सुरु

शाखाले सिफारिस गरे अनुसार सदस्यता कायम गर्न माग



बुटवल।

नेपाल प्रेस युनियनको नेपाल पत्रकार महासंघको विरुद्धको आन्दोलन अन्तर्गत सोमबार धर्ना कार्यक्रम सुरु भएको छ । नेपाल पत्रकार महासंघ केन्द्रिले आफ्नै संरचना शाखा र प्रदेशले सिफारिस गरेका सदस्यहरुको नामावली हटाएर चोर बाटोबाट गैर सदस्यहरु थप गरी मतदाता नामावली सार्वजनिक गरेको विरोधमा नेपाल प्रेस युनियनको केन्द्रीय कार्यसमितिको सर्कुलर अनुसार सोमवार बिहान  ११ बजेदेखि दिउँसो १ बजेसम्मको धर्ना कार्यक्रम सुरु भएको हो ।

नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय, प्रदेश र जिल्ला शाखाहरुमा एकैसाथ धर्ना दिने कार्यक्रम रहेकाले पत्रकार महासंघ रुपन्देही शाखामा युनियन लुम्बिनी प्रदेश र रूपन्देहीले धर्ना दिन सुरु गरेका छन् ।

जिल्ला अध्यक्ष कवीन्द्र नेपालको नेतृत्वमा केन्द्रीय सदस्य रेखा भुसाल, विजय पोखरेल, प्रदेश कोषाध्यक्ष सिपी खनाल सहितको सहभागितामा धर्ना जारी रहेको सचिव कपिल ज्ञवालीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्