एकीकृत समाजवादीको बन्द सत्र सुरु, विद्युतीय मेसिनमार्फत मतदान

अध्यक्षमा तीन जनाको दाबी



काठमाडौँ।

नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आजबाट बन्द सत्र सुरु भएको छ ।

काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानमा शुरु भएको बन्दसत्रमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधान संशोधन प्रस्ताव र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुने छ ।

दस्ताबेज पारित भएपछि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु गरिने एकीकृत समाजवादीले जनाएको छ । महाधिवेशनमार्फत २१ केन्द्रीय पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।

यसैबिच महाधिवेशन सम्पन्न गर्न सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा १३ सदस्यीय अध्यक्ष मण्डल गठन भएको छ ।  त्यसैगरी उपमहासचिव जगन्नाथ खतिवडाको नेतृत्वमा १५ सदस्यीय बहस नोट कमिटी तथा डा.गंगालाल तुलाधर र डा.विजय पौडेलको नेतृत्वमा माइन्युट कमिटी गठन भएको छ ।

आइतबारबाट सुरु भएको महाधिवेशनमा दस्ताबेज पारित भएसँगै नेतृत्व छनोट प्रक्रियामा प्रवेश गर्नेछ । महाधिवेशनमा विद्युतीय मेसिनमार्फत मतदानको व्यवस्था गरिने सो पार्टीले जनाएको छ ।

अहिलेसम्म अध्यक्षका लागि माधव नेपाल, झलनाथ खनाल र महासचिव घनश्याम भुसालले आकांक्षा देखाएका छन् । एकीकृत समाजवादीका नेताहरुले अध्यक्ष नेपाल र महासचिव भुसालबीच अध्यक्षमा प्रतिष्पर्धा हुने सम्भावना रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्