भेनेजुएला र इक्वेडर कोपा अमेरिकाको क्वाटरफाइनलमा



काठमाडौं ।

भेनेजुएला र इक्वेडर कोपा अमेरिकाको क्वाटरफाइनलमा पुगेका छन्। सोमबार बिहान सम्पन्न समूह चरणका अन्तिम खेलमा भेनेजुएलाले जमैकालाई ३-० गोल अन्तरले पराजित गरेको थियो।

भेनेजुएलाको जितमा एडुवार्ड बेलो, सालोमोन रोनडन र एरिक रामिरेजले एक एक गोल गरेका थिए। यो जितपछि भेनेजुएलाले समूह चरणका तिनै खेल जितेर ९ अङ्कसहित शीर्ष स्थानमा रहदै क्वाटरफाइनलमा पुगेको छ।

त्यस्तै अर्को खेलमा इक्वेडर र मेक्सिको गोल रहित बराबरी खेलेपछि दुवैको ४-४ अङ्क भएको छ र गोल अन्तरका आधारमा इक्वेडर क्वाटरफाइनलमा पुगेको छ। त्यस्तै तेस्रो स्थानमा रहेको मेक्सिको र चौथो स्थानमा रहेको जमैका समूह चरणबाट बाहिरिएका छन्।

अब क्वाटरफाइनलमा इक्वेडरले अर्जेन्टिनाको सामना गर्ने छ। यो खेल जुलाई ४ मा हुने छ। त्यस्तै भेनेजुएलाले भने क्वाटरफाइनलमा क्यानडाको सामना गर्ने छ । यो खेल जुलाई ५ मा हुने छ।

प्रतिक्रिया दिनुहोस्