एसईई मौका परीक्षा साउन २३ देखि



काठमाडौं ।

सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) को मौका परीक्षा आगामी साउन २३ देखि सञ्चालन गर्ने निर्णय गरेको छ।

आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई मौका परीक्षा साउन २३ देखि ३१ गतेसम्म गर्ने निर्णय गरेको हो। परीक्षा तालिका भने स्पष्ट भइसकेको छैन।

२०८० सालको एसइईको नतिजा गत बिहीबार सार्वजनिक भएको थियो। लेटर ग्रेडिङ निर्देशिकाले बढीमा दुई विषयसम्म ननग्रेडेड प्राप्त गरेकाले मौका परीक्षा दिन पाउने व्यवस्था गरेको थियो। तर, मन्त्रालयले निर्देशिका संशोधन गरी जतिसुकै विषयमा एनजी भए पनि मौका परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था गरेपछि त्यस्ता सबै विद्यार्थीका लागि परीक्षा दिने बाटो खुला भएको हो ।

साउन मसान्तमा परीक्षा सकिएपछि कम्तीमा असोजको दोस्रो हप्तासम्म नतिजा प्रकाशित हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्