प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

752
Shares

काठमाडौं ।

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

आजको बैठकमा गृह मन्त्री रवि लामिछाने, अर्थ मन्त्री वर्षमान पुन र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिनेछन्।

संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले लोकसेवा आयोगको ६४ औँ वार्षिक प्रतिवेदन (२०७९ श्रावण–२०८० अषाढ) पेस गर्नेछन्।

त्यसै गरी आज व्यवस्थापन कार्य अनुसार विभिन्न मन्त्रीहरूले आफ्नो मन्त्रालयसँग सम्बन्धित विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ।