जर्जियालाई हराउँदै स्पेन युरो कपको क्वाटरफाइनलमा



काठमाडौं ।

स्पेन जारी युरो कपको क्वाटरफाइनलमा पुगेको छ। गए राति सम्पन्न खेलमा स्पेनले जर्जियालाई ४-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो।

स्पेनको जितमा रोड्री, फाबियन रुइज, निको विलियम्स र डानी ओल्मोले एक एक गोल गरेका थिए । त्यस्तै जर्जियाका लागि एक गोल स्पेनका रोबिन ले नोरमाण्डले आत्मघाती गोल गरेका थिए।

यो जितपछि अब स्पेन क्वाटरफाइनलमा आयोजक जर्मनीसँग खेल्ने भएको छ । यो खेल जुलाई ५ मा हुने छ। त्यस्तै यो हारपछि जर्जिया भने युरो कपबाट बाहिरिएको छ।

प्रतिक्रिया दिनुहोस्