दुई कृषक समूहलाई ढुवानी साधन हस्तान्तरण



उदयपुर ।

नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना खोटाङ, उदयपुरले आइतबार जिल्लाका दुई कृषक समूहलाई सवारी साधन हस्तान्तरण गरेको छ ।

परियोजनाको जोन प्राविधिक इकाई कार्यालय गाईघाट बोक्सेमा आयोजित एक विशेष कार्यक्रममा उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, कोशी प्रदेश उद्योग कृषि तथा सहकारी मन्त्रालयका योजना तथा अनुगमन महाशाखाका प्रमुख पशुपति पोखरेल, सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रैग्मी परियोजना प्रमुख दिपेन्द्र मनोहर चौधरी, समुहका किसानहरु पत्रकारहरु र परियोजनाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रजिअ घिमिरेले सुन्तला जात फफुल जोन अन्र्तगत सूचीकृत श्री गगन कृषक समूह रौतामाई ६ उदयपुरलाई ५० प्रतिशत अनुदानमा सहयोगमा सिग्नल क्याब भएको बोलेरो पिकअप गगन कृषक समूहका प्रतिनिधिलाई हस्तान्तरण गर्नु भएको छ ।

यसैगरी उदयपुरकै त्रियुगा नगरपालिका ९ स्थित संचालित कृषि पशुपन्छी तथा उद्यमशीलता विकास कार्यक्रमअन्र्तगत छनौट भएको लाभग्राही संस्था श्री जनकल्याण दुग्ध उत्पादक सहकारी संस्था लि.त्रियुगा नपा ९ लाई ५० प्रतिशत अनुदान सहयोगमा नै लोडर अटो रिक्सा उपलब्ध गराइएको गाईघाट स्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन इकाई जोन प्राविधिक इकाईका निमित्त वरिष्ठ कृषि अधिकृत दिपेन्द्र मनोहर चौधरीले बताउनु भयो ।

दुबै ढुवानीका साधन कृषक समूहका प्रतिनिधिलाई हस्तान्तरण गर्दै प्रजिअ हरिप्रसाद घिमिरेले अनुदानमा प्राप्त सवारी साधनको सही रुपले सदुपयोग गर्न र समूहका किसानको उत्पादन बजारसम्म लैजानकालागि सवारी साधनले ठूलो सहयोग गर्ने भएको हुँदा कृषि उत्पादनको बृद्धिका साथै उत्पादित कृषि उपजलाई बजारसम्म लैजान सहज हुने बताउनु भयो ।

कार्यक्रममा परियोजनाका निमित्त प्रमुख चौधरीले समूहमा आवद्ध भएका किसानहरुको माग र आवश्यकता अनुसार ढुवानी साधन उपलब्ध गराइएको जानकारी दिंदै ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको ढुवानी साधनको सही तरिकाले सदुपयोग गर्न र कृषि उत्पादन बढाउनेतिर लाग्न कृषक समूहलाई अनुरोध गर्नु भएको थियो ।

यसरी हस्तान्तरण गरिएको ढुवानीका साधनले सुन्तलनजात फलफुल, दूध तथा द्ग्धजन्य उत्पादन लगायत अन्य कृषि उपजहरुको बजारीकरण सहज एवम् प्रभावकारी हुनेर कृषकहरुको मुनाफा वृद्धि हुनेजानकारी परियोजना कार्यान्वयन इकाईका प्रमुख चौधरीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्