वैकल्पिक ऊर्जाको प्रयोगले कृषि क्षेत्र प्रवर्द्धनमा बल मिल्ने विज्ञहरुको धारणा

420
Shares

काठमाडौं । 

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले आइतवार धान दिवसको अवसर पारेर कृषि क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोग तथा ऊर्जाको प्रभावकारिता विषयमा एक अन्तरक्रिया आयोजना गरेकाे छ ।

पूर्व विज्ञान प्रविधि तथा वातावरणमन्त्री गणेश साहको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अन्तक्रिर्यामा विज्ञहरुले कृषि क्षेत्रको उत्पादकत्व बढाउनमा वैकल्पिक ऊर्जाको प्रयोग महत्वपूर्ण हुने विचार व्यक्त गरे ।

सो अवसरमा बोल्दै वैकल्पिक ऊर्जा प्रवध्र्दन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले कृषि क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोगमा वृद्धि गर्नको निम्ति त्यसबारे निरन्तर छलफल चलाउनपर्ने आवश्यकता र्औल्याए । उनीले वैकल्पिक ऊर्जा र ऊर्जा प्रभावकारिता सम्बन्धी एक विधेयक संसदमा छलफलको क्रममा रहेको र छिटै पारित हुने विश्वास व्यक्त गरे।

सो अवसरमा केन्द्रका उपनिर्देशक शुभलक्ष्मी श्रेष्ठल तथा नेपाल नविकरणीय ऊर्जा परिसंघका प्रमुख गुणराज ढकालले कृषि क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोगलाई बढावा दिनसके त्यसले उत्पादकत्व बढाउनुका साथै खाद्य सुरक्षालाई पनि बल मिल्ने विचार व्यक्त गरे ।