प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष ओली र गृहमन्त्रीबीच भेटवार्ता

378
Shares

काठमाडौँ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच सिंहदरबारमा भेटवार्ता भएको छ।

आइतबार उनीहरुबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो। भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।

प्रधानमन्त्री प्रचण्डसँग भेट गरेपछि अध्यक्ष ओलीले भेटवार्ता भइरहने बताए। प्रधानमन्त्री र अध्यक्ष ओलीको भेटका क्रममा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भेटवार्तालाई नियमित भनेका छन् ।

यसअघि शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच ओली निवास बालकोटमा भेटवार्ता भएको थियो।

भेटपछि विभिन्न आशङ्का व्यक्त गरिए पनि एमाले अध्यक्ष ओली अस्वस्थ भएका कारण देउवा भेटघाटका लागि गएको बताइएको छ।