क्यान्सरको उपचार गराउन आएका चिनियाँ नागरिक मृत भेटिए



चितवन।

चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका एक चिनियाँ नागरिक होटलमा मृत अवस्थामा भेटिएका छन्।

भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित वर्षना होटलमा बसेर अस्पतालमा उपचार गर्दै आएका ५६ वर्षीय पियान छ्याङसिन आज बिहान मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

भरतपुर महानगरपालिका ७ स्थित क्यान्सर अस्पतालको १ नम्बर गेट अगाडि वर्षना होटलको कोठा नम्बर ११९ मा उनी मृत अवस्थामा भेटिएका हुन् ।

क्यान्सरको उपचार गर्न मृतक असार १० गते सो होटलमा बस्दै आएका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्