वरिष्ठ पत्रकार पन्त सम्मानित 



काठमाडौँ। 

 सामाजिक क्षेत्रमा क्रियाशील रोटरी इण्टरनेशनल डिस्ष्ट्रिक ३२९२ ले पत्रकारिता क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्ने पत्रकाहरुलाई सम्मान गर्दै  आगामी दिनमा पनि सामाजिक न्याय , शान्ति समृद्धिका लागि उत्प्रेरित गरेको छ ।

   स्वास्थ्य , शिक्षा सामाजिक, वातावण, शान्ति द्वन्द्व , लैगिक समानता र मानव अधिकार जस्ता विषयमा अन्तर्राष्ट्रिय स्तरमै नेतृत्वदायी भूमिका निर्वाह गरेको रोटरी इण्टरनेशनल ३२९२ ले द्वन्द्व न्यूनीकरण , शान्ति र समृद्धिका लागि तीन दशक अगाडि देखि कलम चलाएको भन्दै नेपाली पत्रकारहरुको अन्तराराष्ट्रिय संजाल इन्जा एसियाका अध्यक्ष वरिष्ठ पत्रकार टंक पन्तलाई सम्मान गरेको छ ।

   ५१ हजार राशिसहित डिष्ट्रिक गभर्नर राजेन्द्र ध्वजूले एक समारोहकाबीच वरिष्ठ पत्रकार पन्तलाई सम्मान गरेका हुन्  ।

त्यसैगरी भैरव रिसाल , तिलक तिवारी , विद्या राई , स्वस्तिक श्रेष्ठ, रामु सापकोटा , वसन्त प्रताप सिंह ,अमर सुनार रोटरी इण्टरनृशनल अवार्डवाट सम्मानित भएका छन् ।

 पुरस्कार ग्रहण गर्देैै वरिष्ठ पत्रकार टंक पन्तले आफूसंगै कलेज पढ्नेहरु लोकसेवा पढ्दै गर्दा आफू समाजका चुनौती  र समाजका अनुकरणीय पक्षलाई  उजागर गर्ने उद्देश्यले पत्रकारिता प्रारंभ गरेको र पत्रकारिता मार्फत आफूले उदाहरणीय  पक्ष औँल्याएको बताएका छन् ।

रोटरी इण्टरनेशनल डिष्ट्रिक गभर्नर राजेन्द्र ध्वजुले शान्ति समृद्धि, समाजसेवा र बिभिन्न क्षेत्रमा रोटरीले पु¥याएको योगदान अबिश्मरणीय मात्र होइन आफैले समय , बुद्धि र लगानी समेत गरेर सेवाभाव गर्ने गरेको जानकारी गराउदै राज्यको चौथो अंगको रुपमा पत्रकािरता क्षेत्रसंग एक साथ जानुपर्छ भन्ने उद्देश्यले रोटरी इण्टरनेशनलले अवार्ड कमिटी नै बनाएर धेरै मध्येवाट उत्कृष्ट काम गर्ने पत्रकारहरुलाई सम्मान एवं पुरस्कृत गर्ने गरेको जानकारी गराएका छन् ।

रोटरी इण्टरनेशनल डिष्ट्रिक अवार्ड कमिटीका संयोजक नम्रता शर्माले  रोटरी आफैमा   सामाजिक क्षेत्रसंगै वातावरण , शान्ति , समृद्धि , वातावरण एवं धेरै क्षेत्रमा भूमिका निर्वाह गरेको बताउँदै रोटरी  र पत्रकारिता एक साथ जानका लागि प्रत्येक वर्ष पत्रकारिता क्षेत्रका मूर्धन्य तर साँच्चिकै क्रियाशील ब्याक्तित्वहरुलाई सम्मान गर्ने गरेको स्पष्ट पारेका छन् । उनले आफैले लगानी गरेर समाजसेवा गर्नु सामान्य कुरा नभएको भन्दै आगामी दिनमा पनि रोटरी मार्फत धेरै गर्न सकिने उल्लेख गरेका छन् ।

रोटरी इण्टरनेशलन डिष्ट्रिक अवार्ड कार्यक्रममा डिष्ट्रिक सचिव डा दिनेश मानन्धर , सचिव दुर्गा सुवेदी , सुरेश आचार्यले पनि रोटरी, समाजसेवा र पत्रकारिताको सम्बन्धका  बारेमा प्रकाश पारेका थिए ।  कार्यक्रममा रोटरी क्लब अफ काठमाडौँ  डाउनटाउनका अध्यक्ष स्थानेश्वर रेग्मी, सचिव शम्भु उप्रेती पनि सम्मानित भएका थिए । त्यसैगरी यो वर्ष महत्त्वपूर्ण भूमिका निर्वाह गरेका अन्य क्लवहरुलाई सम्मान गरिएको थियो ।  यो वर्षका डिष्ट्रिक गभर्नर रोन्द्र ध्वजूको कार्यकाल उत्कृष्ट र अनुकरणीय भएको भन्दै पूर्व रोटरीका पूर्व अग्रजहरुले  मुक्त कण्ठले प्रशंसा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्