बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? 



काठमाडौं ।

आज नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ। आइतबार सुनको मूल्य तोलामा २ सयले बढेर तोलाको १ लाख ४२ हजारमा कारोबार भएको छ।

यस अघि शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ८ सयमा कारोबार भएको थियो। त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ३ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

त्यस्तै आज चाँदीको मूल्य भने आज स्थिर रहेको छ। चाँदी आज प्रतितोला १७९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्