कोपा अमेरिकामा अर्जेन्टिनाको लगातार तेस्रो जित



काठमाडौं ।

अर्जेन्टिनाले कोपा अमेरिका फुटबलमा लगातार तेस्रो जित हासिल गरेको छ। आइतबार सम्पन्न समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले पेरुलाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको हो।

अर्जेन्टिनाको जितमा लाउतारो मार्टिनेजले दुवै गोल गरेका थिए। उनले खेलको ४७औ र ८६औँ मिनेटमा गोल गरेका थिए । उनको यस कोपामा कुल चार गोल गरेका छन्। यो जितपछि अर्जेन्टिनाले समूह ए मा ३ खेलमा ९ अङ्क हासिल गर्दै शीर्ष स्थानमा रहँदै क्वाटरफाइनलमा पुगेको छ।

त्यस्तै समूह ए बाट क्यानडा क्वाटरफाइनलमा पुगेको छ। समूह चरणको अन्तिम खेलमा क्यानडाले चिलीसँग गोलरहित बराबरी खेलेसँगै समूहमा दोस्रो हुँदै क्वाटरफाइनलमा पुगेको छ। यो सँगै समूह ए बाट चिली र पेरु दुवै बाहिरिएका छन्।

प्रतिक्रिया दिनुहोस्