प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची



काठमाडौं ।

प्रतिनिधि सभा बैठक बस्दै छ। बैठक आज दिउँसो ३ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ।

बैठकमा आर्थिक विधेयक २०८१ माथि छलफल गरी अर्थमन्त्री वर्षमान पुनले पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।

त्यस्तै, अर्थमन्त्री पुनले नै राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयकमाथि छलफल गरी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।

हेर्नुहोस् कार्यसूची 

१. ‘आर्थिक विधेयक, २०८१’ माथि छलफल हुने ।

२. ‘आर्थिक विधेयक, २०८१’ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने ।

३. अर्थ मन्त्री वर्षमान पुनले-

(क) ‘आर्थिक विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने ।
(ख) ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने ।

४. ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने ।

५. अर्थ मन्त्री वर्षमान पुनले:-

(क) ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने ।
(ख) ‘भन्सार महसुल विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने ।

६. ‘भन्सार महसुल विधेयक, २०८१’ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने ।

७. अर्थ मन्त्री वर्षमान पुनले ‘भन्सार महसुल विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने ।

प्रतिक्रिया दिनुहोस्