नेत्रावती डबजोङमा समाजवादीको पार्टी कमिटि नै एमाले प्रवेश



धादिङ ।

नेकपा समाजवादी नेत्रावती डबजोङ गाउँपालिका कमिटी नै एमालेमा प्रवेश गरेको छ ।

नेकपा एसले पार्टीको हैसियत कायम नगरेको र नेकपा एसको कुनै भविश्य नभएको भन्दै आफ्नो पुरानो घर एमालेमा फर्केको संस्थापक नेता गणेश श्रेष्ठले बताउनुभएको छ ।

संस्थापक नेता गणेश श्रेष्ठ, आश्विन डंगोल, कलबहादुर तामाङ, लगायतका नेकपा एसका नेताहरु एमालेमा एक कार्यक्रममा प्रवेश गर्नुभएको छ ।

एमालेमा फर्किनुभएकाहरुलाई नेकपा एमाले केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज धर्मदत्त देवकोटा, नेकपा एमाले जिल्ला सचिव राधिका सापकोटा, उपसचिव भक्त लामीछाने, प्रदेश कमिटि सदस्य कृष्ण लामा लगायतले स्वागत गर्दै मिसन ०८४ सफल पार्न सबै मिलेर जनताको पक्षमा काम गर्न आग्रह गर्नुभयो ।

नेकपा एमाले जनताको पार्टी भएकोले आगामी निर्वाचनमा एमालेले एकल बहुमत प्राप्त गरि जनताको पक्षमा विकास र समृद्धिका लागि काम गर्न एमाले धादिङ इन्चार्ज देवकोटाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्