१५ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सामुदायिक पुस्तकालय संघको वाग्मती सम्मेलन सम्पन्न



काठमाडौं ।

१५ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै नेपाल सामुदायिक पुस्तकालय संघको प्रथम बागमती प्रदेश सम्मेलन सम्पन्न भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोग तथा नेपाल सामुदायिक पुस्तकालय संघको आयोजनामा डिल्लीरमण रेग्मी स्मारक पुस्तकालय, लाजिम्पाटमा असार १३ र १४ गते दुई दिनसम्म चलेको सो सम्मेलनको उद्घाटन कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले गरेका थिए ।

नेपालमा औपचारिक रूपमा पुस्तकालय स्थापना गर्न कानुन बनेको २१३ वर्ष भइसके पनि हालसम्म कुनै पनि खालका पुस्तकालयको सञ्चालन, व्यवस्थापन र सहजिकरणका लागि कानूनको अभाव भएको भन्दै मन्त्री गिरीले यस क्षेत्रसँग सम्वन्धित कानुन निर्माण गर्ने काममा सहजीकरण गर्ने प्रतिवद्धता जनाए।

सम्मेलनको बन्दसत्रमा बागमती प्रदेशका तीन दर्जनभन्दा बढी पुस्तकालयका प्रतिनिधिले आफ्नो पुस्तकालयको परिचय, हालसम्म गरेका काम तथा भोग्नु परेका समस्या, चुनौतीबारेमा चर्चा गर्नुका साथै सम्मेलनमा गण्डकी, लुम्विनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका प्रदेश संयोजक तथा प्रतिनिधि पुस्तकालयको समेत उपस्थिति रहेको नेपाल सामुदायिक पुस्तकालय संघका महासचिव राजेन्द्रप्रसाद पाण्डेयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

यस्तै सम्मेलनले सुजाता विष्टको अध्यक्षतामा ७ सदस्यीय नेपाल सामुदायिक पुस्तकालय संघ, बागमती प्रदेश कार्य समिति तथा काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयका अध्यक्ष प्रा.डा. गोविन्दप्रसाद पोखरेल संयोजक रहेको ७ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ।

प्रतिक्रिया दिनुहोस्