पत्रकार महासंघ रुपन्देहीमा युनियनको तालाबन्दी 



रुपन्देही।

नेपाल पत्रकार महासंघले सदस्यताको विवाद टुंगो  नलगाईकन महासंघ केन्द्र प्रदेश र जिल्लाको नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको विरुद्ध नेपाल प्रेस युनियन केन्द्रीय समितिको निर्णय अनुसार रुपन्देहीमा ताला बन्दी गरिएको छ ।

महासंघ रुपन्देही शाखाको बुटवलमा रहेको कार्यालयमा युनियनका केन्द्रीय सदस्य विजय पोखरेल,रेखा भुसाल, प्रदेश कोषाध्यक्ष सीपी खनाल र जिल्ला नेतृत्वको अगुवाइमा ताला बन्दी गरिएको जिल्ला सचिव कपिल ज्ञवालीले बताए।

प्रतिक्रिया दिनुहोस्