नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका बेचन झा पक्राउ

1.41k
Shares

काठमाडौँ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका थप एक जना पक्राउ परेका छन्। फरार रहेका बेचन झालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो। झालाई नेपाल–भारत सीमा क्षेत्रबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

अहिले उनी जिल्ला प्रहरी परिसर काठमाडौँको नियन्त्रणमा रहेको परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।

सोही प्रकरणमा शुक्रबार नै प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई पक्राउ गरेको थियो।