बिलबिजक नभएको ७४ लाख बढीको लाइटर बरामद



रौतहट ।

 सर्लाही स्थित प्रहरीले बिलबिजक नभएको ७४ लाख बढीको चाइनिज लाइटर बरामद गरेको छ।

सर्लाही प्रहरीले विशेष सूचनाको आधारमा बागमती नगरपालिका  १२ स्थित पूर्व पश्चिम राजमार्गमा वीरगञ्जबाट जनकपुर तर्फ गइरहेका प्र.२–०१–००१ ख ०१५३ नम्बरको ट्रकमा गएराती चेकजाँच गर्दा मेड इन चाइना लेखिएको ६५० कार्टुन ग्याँस लाइटर बरामद गरेको हो।

सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी दीपक श्रेष्ठका अनुसार बरामद गरिएको उक्त लाइटरको बजार मूल्य ७४ लाख २४ १०० रुपैयाँ रहेको छ।  लाइटरको प्रज्ञापन पत्र नभएको र सक्कल विलभर्पाई समेत नरहेकाले शंकास्पद देखिँदा लाईटर सहित ट्रक आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको सर्लाही प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्